काठमाण्डौ उपत्यकामा एकैदिन ३३६ गाडीचालक कारबाहीमा
नवलपुर, कात्तिक ७ । काठमाण्डौ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ गाडीका चालक कारबाहीमा परेका छन् ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ३३६ चालक कारबाहीमा परेका हुन् ।
कारबाहीमा पर्नेमध्ये जाँडरक्सी खाएर गाडी चलाउने १०२ जना रहेका कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
यस्तै सिसी क्यामरामार्फत ३९, रातो बत्तीमा गाडी चलाउने २०, तीव्र गतिमा गाडी चलाउने ५७, हर्न बजाएर गाडी चलाउने आठ जना कारवाहीमा परेका छन् ।
ट्राफिक प्रहरीले चाडपर्वको समयमा सवारी नियम उलङ्घन गरी गाडी चलाउने चालकमाथि कडा निगरानी तथा कारबाही गर्दै आएको छ ।

यस पटक भिटामिन ‘ए’ र जुकाको औषधि कात्तिक १७–१८ मा खुवाउने
नवलपुर, कात्तिक ७ । सरकारले राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रमको पहिलो चरण यही कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । पूर्व

आज पनि दशैँको टीका लगाउने क्रम जारी
नवलपुर, कात्तिक ७ । आज पनि दशैँको टीका लगाउने क्रम चलिरहेको छ । विजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीका लागि कोजाग्रत पूर्णिमासम्म

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नवलपुर, कात्तिक ७ । नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट–२०२६ आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्









प्रतिकृया दिनुहोस