-->

साउदीको अराम्कोमा भएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई जनाको ज्यान गयो

Nawalpurfm

नवलपुर,कात्तिक ५ । साउदी अरबको दक्षिण–पूर्वी क्षेत्रमा साउदी अराम्कोद्वारा सञ्चालित तेल प्रशोधन केन्द्रमा, ड्रोनका अवशेष खस्दा एक नेपाली कामदारसहित दुई जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा एक नेपाली नागरिक र अर्का फिलिपिनो रहेका छन् । यो घटनामा एक भारतीयसहित अन्य दुई जना घाइते भएका छन् । साउदीको ऊर्जा मन्त्रालयका अनुसार, ड्रोनले युएईको सीमा नजिकै शायबाह तेल क्षेत्रलाई लक्षित गरेको थियो ।

मन्त्रालयले ड्रोन कसले प्रहार गरेको हो भन्नेबारे खुलाएको छैन । ज्यान गुमाएका नेपालीको ठेगाना तथा अन्य विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन । साउदी अरब नेपाली श्रमिकको प्रमुख गन्तब्य देश हो ।

यमनको इरान समर्थित हुथी विद्रोहीले साउदी अरबमा निरन्तर आक्रमण गर्दै आएको छ । विमानस्थल तथा अन्य महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी आक्रमण हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

नाइजेरियामा १० वर्षपछि इबोलाको नयाँ सङ्क्रमण

अफ्रिकामा तीव्र रूपमा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ ।  युगान्डाबाट आएकी एक महिलामा सन् २०१४ पछि पहिलोपटक सङ्क्रमण पुष्टि भएको छ।

Nawalpurfm

फ्रान्समा दंगा फैलिएपछि मध्य पेरिस र अन्य शहरमा पनि कर्फ्यू

नवलपुर,कात्तिक ३ । फ्रान्समा एक हप्तादेखि चलिरहेको प्रदर्शन, हिंसा र लुटपाटका घटनापछि सरकारले राजधानी पेरिससहित विभिन्न शहरका केही क्षेत्रमा रातिको

Nawalpurfm

इन्डोनेसियाको भीषण डढेलोका कारण सिंगापुर र मलेसियामा वायु प्रदूषण तीव्र

नवलपुर,असोज २९ । इन्डोनेसियामा फैलिएको भीषण डढेलोका कारण उत्पन्न तुवाँलो र वायु प्रदूषणले दक्षिण–पूर्वी एसियाली देशहरूमा गम्भीर असर पारेको छ

↑