कावासोतीका तीन साइकलयात्री महाकालीदेखि मेचीसम्मको यात्रामा
नवलपुर, कात्तिक ७ । नवलपुरको कावासोती साइक्लिङ ग्रुपका तीन सदस्यले नेपालको पश्चिमी सीमा महाकालीदेखि पूर्वी सीमा मेचीसम्मको साइकल यात्रा सुरु गरेका छन् ।
ग्रुपका सदस्य सूर्य काफ्ले, नारायण पङ्गेनी र रमेश पौडेलले शनिबार बिहान महाकालीबाट आफ्नो यात्रा सुरु गर्नुभएको हो। उहाँहरूले साइकलमार्फत पश्चिमी सीमादेखि पूर्वी सीमासम्मको यात्रा गर्दै नेपालको भौगोलिक विविधता, प्राकृतिक सुन्दरता र विभिन्न भूभागको अवलोकन गर्ने लक्ष्य लिनुभएको छ।
यात्रा सुरु गर्नुअघि कावासोती साइक्लिङ ग्रुपले तीनै जना साइकलयात्रीलाई खादा र ढाकाटोपी लगाएर बिदाइ गरेको थियो।
कावासोती साइक्लिङ ग्रुपका अध्यक्ष अजय श्रेष्ठले उहाँहरूको यात्राको सफलताको कामना गर्दै यस अभियानले नेपालको पर्यटन प्रवर्द्धन, साइकल संस्कृतिको विकास र राष्ट्रिय एकताको सन्देश फैलाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
महाकालीदेखि मेचीसम्मको यो साहसिक यात्राले साइकलप्रतिको आकर्षण बढाउनुका साथै शारीरिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि, वातावरण संरक्षण र आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।
नेपालको पश्चिमी सीमादेखि पूर्वी सीमासम्म साइकल यात्रा गर्न लाग्नुभएका तीनै जना यात्रीको अभियानले अन्य युवालाई पनि साइकल यात्रामार्फत देश चिन्ने र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने प्रेरणा दिने विश्वास गरिएको छ।

मनकामना सामुदायिक वन उपभोक्ता समूहको आठौँ वार्षिक साधारण सभा सम्पन्न
विमा गाहा मगर । नवलपुर, असोज ३०। मनकामना सामुदायिक वन उपभोक्ता समूह, कावासोती–७ र ८ को आठौँ वार्षिक साधारण सभा शुक्रबार नेपाल आमा समूहको सभाहलमा

मनकामना सामुदायिक वन उपभोक्ता समूहको आठौँ वार्षिक साधारण सभा सम्पन्न
विमा गाहा मगर । नवलपुर, असोज ३०। मनकामना सामुदायिक वन उपभोक्ता समूह, कावासोती–७ र ८ को आठौँ वार्षिक साधारण सभा शुक्रबार नेपाल आमा समूहको सभाहलमा

कात्तिक ९ देखि २२ गतेसम्म नवौँ नवलपुर महोत्सव हुने, आफ्नै प्रशासनिक भवन निर्माण मुख्य उद्देश्य
विमा गाहा मगर । नवलपुर,असोज २९ । नवलपुरको कावासोतीमा आगामी कात्तिक ९ गतेदेखि २२ गतेसम्म नवौँ नवलपुर महोत्सव–२०८३ आयोजना हुने भएको छ।






प्रतिकृया दिनुहोस