आज पनि दशैँको टीका लगाउने क्रम जारी
नवलपुर, कात्तिक ७ । आज पनि दशैँको टीका लगाउने क्रम चलिरहेको छ ।
विजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीका लागि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्ने परम्परा नेपाली समाजका धेरै ठाउँमा रहिआएको छ ।
दशैँको मुख्य दिन घर पुग्न नसकेका छोरीचेली, आफन्त तथा टाढा रहेका परिवारका सदस्यहरू यस अवधिमा टीका थाप्न आउने गर्छन् । त्यसैले विजयादशमीपछि पनि घरघरमा टीका लगाउने र आफन्तसँग भेटघाट गर्ने क्रम जारी रहन्छ ।
आज काठमाण्डौ उपत्यकामा टीका लगाउन आवतजावत गर्नेहरूको संख्या अत्यधिक देखिएको छ ।
दशैँ मनाउन गाउँघर गएकाहरू फर्किएसँगै उनीहरू यहाँ रहेका आफन्तकोमा टीका लगाउन जाने भएकाले सडकमा टीका लगाएर आवतजावत गर्नेहरूको भीड देखिएको हो ।

काठमाण्डौ उपत्यकामा एकैदिन ३३६ गाडीचालक कारबाहीमा
नवलपुर, कात्तिक ७ । काठमाण्डौ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ गाडीका चालक कारबाहीमा परेका छन् । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी

यस पटक भिटामिन ‘ए’ र जुकाको औषधि कात्तिक १७–१८ मा खुवाउने
नवलपुर, कात्तिक ७ । सरकारले राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रमको पहिलो चरण यही कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । पूर्व

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नवलपुर, कात्तिक ७ । नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट–२०२६ आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्









प्रतिकृया दिनुहोस