-->

यस पटक भिटामिन ‘ए’ र जुकाको औषधि कात्तिक १७–१८ मा खुवाउने 

Nawalpurfm

नवलपुर, कात्तिक ७ । सरकारले राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रमको पहिलो चरण यही कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ ।

पूर्व निर्धारित कार्यक्रम अनुसार हरेक वर्ष बैशाख ६ र ७ गते तथा कार्तिक २ र ३ गते  राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम संचालन गर्दै आएकोमा यस पटक दशैँ विदा परेका कारण पछि सारेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मातहतको परिवार कल्याण महाशाखाका अनुसार दशैँ बिदाका कारण कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएपछि भिटामिन ‘ए’ र जुकाको औषधि वितरणका लागि नयाँ मिति तय गरिएको हो ।

कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने महाशाखाले जनाएको छ ।

स्वास्थ्य संस्थाले तोकेको वितरण केन्द्रमा लगेर आफ्ना बालबालिकालाई निर्धारित मितिमा औषधि खुवाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

काठमाण्डौ उपत्यकामा एकैदिन ३३६ गाडीचालक कारबाहीमा

नवलपुर, कात्तिक ७ । काठमाण्डौ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ गाडीका चालक कारबाहीमा परेका छन् । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी

Nawalpurfm

आज पनि दशैँको टीका लगाउने क्रम जारी

नवलपुर, कात्तिक ७ । आज पनि दशैँको टीका लगाउने क्रम चलिरहेको छ । विजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीका लागि कोजाग्रत पूर्णिमासम्म

Nawalpurfm

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

नवलपुर, कात्तिक ७ । नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट–२०२६ आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्

↑