नाइजेरियामा १० वर्षपछि इबोलाको नयाँ सङ्क्रमण
अफ्रिकामा तीव्र रूपमा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट आएकी एक महिलामा सन् २०१४ पछि पहिलोपटक सङ्क्रमण पुष्टि भएको छ। नाइजेरियाका स्वास्थ्यमन्त्री मुहम्मद अली पाटेका अनुसार सङ्क्रमित महिलाको उपचार भइरहेको छ भने उनको सम्पर्कमा आएका ४४ जनालाई निगरानीमा राखिएको छ।
यस्तै, केन्यामा पहिलो सङ्क्रमितका पारिवारिक सदस्यमा नवौँ सङ्क्रमण पुष्टि भएको छ। युगाण्डाले भने आफ्नो देशमा हाल सक्रिय सङ्क्रमण नरहेको जनाएको छ।
प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट गत मे महिनामा शुरु भएको यो प्रकोपबाट अहिलेसम्म नौ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। यसमध्ये चार हजार तीन सय ८१ जनाको ज्यान गइसकेको छ।अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका महानिर्देशक जीन कासेयाले यो प्रकोपलाई गम्भीर खतरा भन्दै नियन्त्रणका लागि आर्थिक सहायता, औषधि र स्वास्थ्यकर्मी उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्।

साउदीको अराम्कोमा भएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई जनाको ज्यान गयो
नवलपुर,कात्तिक ५ । साउदी अरबको दक्षिण–पूर्वी क्षेत्रमा साउदी अराम्कोद्वारा सञ्चालित तेल प्रशोधन केन्द्रमा, ड्रोनका अवशेष खस्दा एक नेपाली

फ्रान्समा दंगा फैलिएपछि मध्य पेरिस र अन्य शहरमा पनि कर्फ्यू
नवलपुर,कात्तिक ३ । फ्रान्समा एक हप्तादेखि चलिरहेको प्रदर्शन, हिंसा र लुटपाटका घटनापछि सरकारले राजधानी पेरिससहित विभिन्न शहरका केही क्षेत्रमा रातिको

इन्डोनेसियाको भीषण डढेलोका कारण सिंगापुर र मलेसियामा वायु प्रदूषण तीव्र
नवलपुर,असोज २९ । इन्डोनेसियामा फैलिएको भीषण डढेलोका कारण उत्पन्न तुवाँलो र वायु प्रदूषणले दक्षिण–पूर्वी एसियाली देशहरूमा गम्भीर असर पारेको छ







प्रतिकृया दिनुहोस