-->

बुढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि आंशिक खुल्यो

Nawalpurfm

नवलपुर,असोज ३० ।  बुढीगण्डकीमा आएको बाढीका कारण ५ दिनदेखि अवरुद्ध गोरखाको धार्चे गाउँपालिका–२ केरौँजा र रुन्चेत जाने बाटो आंशिक रूपमा खुलेको छ ।

बाटो खुलेसँगै रोकिएका स्थानीय बासिन्दा गन्तव्यतर्फ जान थालेका छन् । तर, बाटोमा अझै सहज आवतजावत हुन नसक्दा खाद्यान्न ढुवानीमा समस्या भएको छ । धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार गाउँपालिकाको आह्वानमा पालिकाले लगातार तीन दिन श्रमदान गरेपछि पैदल हिँड्न मिल्ने गरी बाटो खुलाएको हो ।

बुढीगण्डकीमा आएको बाढीले खानीबेँसी, माछाखोला, खोर्लाबेँसी र दोभानका झोलुङ्गे पुल तथा बेलिब्रिज बगाएपछि त्यस क्षेत्रको आवतजावत अवरुद्ध भएको थियो । गएको मंगलबारदेखि स्थानीयवासीले बाढीले थुपारेको लेदो हटाउने, मुढा तेस्र्याउने र भर्‍याङ राख्ने काम गरेर बाटो आंशिक रूपमा सञ्चालनमा ल्याएका हुन् ।

बाटो खुलेपछि रोकिएर बसेका झण्डै एक सय जना भर्‍याङ र डोरीको सहायताले गाउँ पुगेका छन् । बाटोमा मानिस जसोतसो हिँड्न मिल्ने भए पनि भारी बोक्न र खच्चड चलाउन सक्ने अवस्था छैन । यसले गर्दा केरौँजा, केरौँजाबेँसी, लामाबेँसी र रुन्चेतका करिब ६ सय परिवारमा खाद्यान्न अभाव हुने जोखिम बढेको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको जनाको ज्यान गयो

नवलपुर,कात्तिक ५ । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । भूमिकास्थान नगरपालिका–२ भूमेकाथानमा लु ६४ प ७४७१

Nawalpurfm

देशका धेरै ठाउँमा मौसम सफा : काठमाण्डौ उपत्यकामा चिसो बढ्न थाल्यो

नवलपुर,कात्तिक ५ । आज देशका धेरै ठाउँमा मौसम सफा छ । आज कोशी र गण्डकीका हिमाली र पहाडी एक/दुई ठाउँमा छिटपुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान

Nawalpurfm

दशैँको टीकाको दोस्रो दिन आज पनि टीका–जमरा ग्रहण गरिँदै

नवलपुर,कात्तिक ५ । दशैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदैछ । खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ

↑