देशका धेरै ठाउँमा मौसम सफा : काठमाण्डौ उपत्यकामा चिसो बढ्न थाल्यो
नवलपुर,कात्तिक ५ । आज देशका धेरै ठाउँमा मौसम सफा छ ।
आज कोशी र गण्डकीका हिमाली र पहाडी एक/दुई ठाउँमा छिटपुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अरु थोरै ठाउँमा आंशिक बादल छ । काठमाण्डौ उपत्यकामा न्यूनतम तापक्रम केही घटेको छ । चिसो बढेको छ । महाशाखाकाअनुसार आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस मापन भएको छ ।
हिजो दशैँको टीकाको मुख्य दिन काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १४.२ डिग्री सेल्सियस रहेको थियो । काठमाण्डौ उपत्यकामा बिहान र रातको समयमा चिसो हुन थालेको छ ।
दिउँसोमा अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेल्सियसकाबीचमा रहने गरेको छ । दिनको समयमा घाम लागे पनि बिहान र राति तापक्रम घट्दा चिसो महसुस हुन थालेको हो ।
मौसम फेरबदल र अब चिसो बढ्दै जाने भएकाले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दिर्घरोगीलाई चिसोबाट जोगिन सल्लाह छ ।

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको जनाको ज्यान गयो
नवलपुर,कात्तिक ५ । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । भूमिकास्थान नगरपालिका–२ भूमेकाथानमा लु ६४ प ७४७१

दशैँको टीकाको दोस्रो दिन आज पनि टीका–जमरा ग्रहण गरिँदै
नवलपुर,कात्तिक ५ । दशैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदैछ । खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ
.2026-10-21-06-50-50.jpeg)
दशैँको अवसरमा काठमाण्डौ उपत्यकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको निःशुल्क बससेवा
नवलपुर,कात्तिक,४ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले दशैंको अवसरमा काठमाण्डौ उपत्यकामा निःशुल्क बससेवा सञ्चालन गरेका छन् । नेपाल प्रहरीले








प्रतिकृया दिनुहोस