-->

पहाडी र हिमाली भेगका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

Nawalpurfm

नवलपुर,असोज ३० । आज देशका हिमाली थोरै ठाउँमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको अनुमान छ ।

त्यस्तै, बाँकी पहाडी एकरदुई ठाउँमा पनि वर्षाको सम्भावना छ । तराईका धेरै ठाउँको मौसम मुख्यतया सफा रहनेछ । राति तराईका केही ठाउँमा हुस्सु र कुहिरो लाग्ने महाशाखाको अनुमान छ ।

पछिल्लो १२ घण्टामा गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा छिटपुट पानी परेको छ । देशभर बादल लाग्ने गरे पनि काठमाण्डौ उपत्यकासहित सबैजसो ठाउँको मौसम सफा छ । दिउँसोको समयमा धेरै ठाउँमा घाम लाग्ने गरेको छ ।

यस वर्षको मनसुन बाहिरिसकेको भए पनि स्थानीय तथा पश्चिमी वायुको प्रभावले केही ठाउँमा वर्षा हुन सक्ने सम्भावना भने रहने महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको जनाको ज्यान गयो

नवलपुर,कात्तिक ५ । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । भूमिकास्थान नगरपालिका–२ भूमेकाथानमा लु ६४ प ७४७१

Nawalpurfm

देशका धेरै ठाउँमा मौसम सफा : काठमाण्डौ उपत्यकामा चिसो बढ्न थाल्यो

नवलपुर,कात्तिक ५ । आज देशका धेरै ठाउँमा मौसम सफा छ । आज कोशी र गण्डकीका हिमाली र पहाडी एक/दुई ठाउँमा छिटपुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान

Nawalpurfm

दशैँको टीकाको दोस्रो दिन आज पनि टीका–जमरा ग्रहण गरिँदै

नवलपुर,कात्तिक ५ । दशैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदैछ । खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ

↑