अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको जनाको ज्यान गयो
नवलपुर,कात्तिक ५ । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।
भूमिकास्थान नगरपालिका–२ भूमेकाथानमा लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भूमिकास्थान–८ का ६२ वर्षीय देवीराम आचार्य र उहाँका २३ वर्षीय छोरा विवेक आचार्यको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी दिवस जिसीले जानकारी दिनुभयो ।
हिजो दशैँको टीका लगाउन ढाकाबाङ ससुरालीतर्फ गएका बाबुछोराको दुर्घटनामा ज्यान गएको हो ।
रातिसम्म पनि सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा आज बिहान सडकबाट तल जंगलमा मोटरसाइकल दुर्घटना भएको र ज्यान गएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

देशका धेरै ठाउँमा मौसम सफा : काठमाण्डौ उपत्यकामा चिसो बढ्न थाल्यो
नवलपुर,कात्तिक ५ । आज देशका धेरै ठाउँमा मौसम सफा छ । आज कोशी र गण्डकीका हिमाली र पहाडी एक/दुई ठाउँमा छिटपुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान

दशैँको टीकाको दोस्रो दिन आज पनि टीका–जमरा ग्रहण गरिँदै
नवलपुर,कात्तिक ५ । दशैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदैछ । खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ
.2026-10-21-06-50-50.jpeg)
दशैँको अवसरमा काठमाण्डौ उपत्यकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको निःशुल्क बससेवा
नवलपुर,कात्तिक,४ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले दशैंको अवसरमा काठमाण्डौ उपत्यकामा निःशुल्क बससेवा सञ्चालन गरेका छन् । नेपाल प्रहरीले








प्रतिकृया दिनुहोस