-->

दशैँ मनाउन अहिलेसम्म झण्डै ५ लाख ३० हजार यात्रु बाहिरिए

Nawalpurfm

नवलपुर,कात्तिक २ । दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाट अहिलेसम्म झण्डै ५ लाख ३० हजारको संख्यामा यात्रु बाहिरिएका छन् । 

गएको असोज २५ गते घटस्थापनादेखि आज बिहानसम्म सार्वजनिक गाडीबाट ५ लाख २८ हजारको संख्यामा यात्रु बाहिरिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी दिनुभएको छ । पोहोर पनि घटस्थापनादेखि एक हप्ताको समयमा साढे पाँच लाख जनाले उपत्यका छाडेका थिए । 

अघिल्लो वर्षभन्दा यसपालि अहिलेसम्म बाहिरिनेको सङ्ख्या झण्डै २० हजारले कम रहेको छ । पछिल्ला विपद्जन्य घटना, भोटेकोशी बाढी, सडकको अवस्था, बढ्दो महँगी तथा वैदेशिक रोजगारीलगायतका कारण दशैँमा काठमाण्डौ छोड्नेहरूको सङ्ख्या केही कमी आएको अनुमान छ । 

यस वर्ष दशैँ मनाउन झण्डै १० लाखले काठमाण्डौ उपत्यका छाड्ने अनुमान गरिएको छ । आज र भोलि पनि कतिपय गाउँघर जानेक्रम चल्नेछ । काठमाण्डौबाट बाहिरिने र भित्रने सबै नाकामा घटस्थापनादेखि बढेको चाप भने अहिले घट्न थालेको छ । आजदेखि सामान्य भन्दा कम मात्रै गाडी चलेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी सुवेदीले बताउनुभयो । 

यस्तै घटस्थापना यता सार्वजनिक गाडीमार्फत काठमाण्डौ उपत्यका भित्रिने यात्रुको सङ्ख्या अहिलेसम्म झण्डै साढे २ लाख जना पुगेको छ । आज अहिलेसम्म कुनै पनि राजमार्ग तथा सडकमा अवरोध नरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

रवि लामिछाने गड्डाचौकी नाका हुँदै आज भारत प्रस्थान

नवलपुर,कात्तिक ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका क्रममा कञ्चनपुरको गड्डाचौकी नाका हुँदै आज भारत प्रस्थान

Nawalpurfm

मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि चल्दै

नवलपुर,कात्तिक ६ । दशैँको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदै छ । खास गरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ

Nawalpurfm

आउँदो मंगलबारदेखि पानी पर्ने सम्भावना तर त्रसित हुन नपर्ने मौसमविद्को भनाइ

नवलपुर,कात्तिक ६ । आउँदो मंगबारदेखि देशका केही भागमा पानी पर्न सक्ने सम्भावना छ ।  पानी पर्ने भए पनि त्रसित हुन नपर्ने जल तथा मौसम पूर्वानुमान

↑