काभ्रेमा बस दुर्घटना हुँदा तीन जना घाइते
नवलपुर,कात्तिक २ । बीपी राजमार्गको काभ्रेमा आज बिहान बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । नमोबुद्ध नगरपालिका–२ दुबइगैँडामा बिहान ३ बजे माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।
इलामबाट काठमाण्डौका लागि छुटेको बा ३ ख ८४५९ नम्बरको बस अनियन्त्रित भई सडकबाट झण्डै २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । दुर्घटनापछि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी चौकी भकुण्डे र अस्थायी प्रहरी पोस्ट काभ्रे भञ्ज्याङको संयुक्त टोलीले घाइते तीन जनाको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाएको छ ।
दुर्घटनामा चालक इलाम नगरपालिकाका लोकबहादुर सेन्चुरी, काभ्रेको भुम्लु बस्ने रिता आपागाई र उहाँका छोरा ९ वर्षीय रितिक घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

रवि लामिछाने गड्डाचौकी नाका हुँदै आज भारत प्रस्थान
नवलपुर,कात्तिक ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका क्रममा कञ्चनपुरको गड्डाचौकी नाका हुँदै आज भारत प्रस्थान

मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि चल्दै
नवलपुर,कात्तिक ६ । दशैँको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदै छ । खास गरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ

आउँदो मंगलबारदेखि पानी पर्ने सम्भावना तर त्रसित हुन नपर्ने मौसमविद्को भनाइ
नवलपुर,कात्तिक ६ । आउँदो मंगबारदेखि देशका केही भागमा पानी पर्न सक्ने सम्भावना छ । पानी पर्ने भए पनि त्रसित हुन नपर्ने जल तथा मौसम पूर्वानुमान








प्रतिकृया दिनुहोस